डेढ वर्षअघि सगरमाथामा हराएका दुईको शव फेला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डेढ वर्षअघि सगरमाथामा हराएका दुईको शव फेला


१५ जेष्ठ २०७४, सोमबार


सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा हराएका दुई भारतीय नागरिकको शव भेटिएको छ ।

सगरमाथा आरोहणको पूर्वतयारीका क्रममा चौथो शिविर पुगेका भारतीय नागरिक ५८ वर्षीय परमेशचन्द्र नाथ र ५० वर्षीय गौतम घोष २०७२ चैत ४ गते बेपत्ता भएका थिए । त्यसबेला खोजी गर्दा नभेटएको भएपनि यसवर्ष हिउँ कम हुँदा उनीहरुको शव बाहिर देखिएपछि फेला परेका हुन् ।

उनीहरुको शव आइतबार हेलिकोप्टरमार्फत राजधानी लगिएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

यसैबीच सगरमाथा आधार शिविरमा एक नेपालीको ज्यान गएको छ । गुदेल–५ घर भएका गोठकुवीर राईको शनिबार सगरमाथा आधार शिविरमा ज्यान गएको प्रनाउ बुढाथोकीले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस