१५ औँ इच्छुक स्मृति दिवस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१५ औँ इच्छुक स्मृति दिवस


१३ जेष्ठ २०७४, शनिबार


पोखरा । सहिद कृष्णसेन इच्छुकको १५ औँं स्मृति दिवसमा शुक्रबार एक श्रद्धाञ्जलि सभाको आयोजना गरियो ।

प्रेस सेन्टर नेपाल कास्कीको आयोजनामा भएको सो कार्यक्रममा सहभागीले सहिद इच्छुकको फोटोमा माल्यार्पण गरी उनको व्यक्तित्व र योगदानमाथि प्रकाश पारे ।

नेकपा माओवादी केन्द्रका नेताद्वय राजकाजी गुरुङ र अर्जुन छन्त्यालले इन्छुक एक निडर, निर्भिक र त्यागी नेता भएको बताए ।

सेन्टरका उपाध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र साहित्यकार सुरेश रानाभाटले सहिद इच्छुकको बारेमा बोलेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस