२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जथाभावी बाटो काट्नेलाई दुईसय जरिवाना

अ+ अ-

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही जेठ १६ गतेदेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई २०० जरिवाना गर्ने भएको छ ।

महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौँ उपत्यकामा सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु रहेकाले यसलाई न्यूनीकरण गर्न सडक सुरक्षा अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

उनले भने, “जथाभावी बाटोमा हिँडेकै कारण बर्सेनि ७०/८० जनाले ज्यान गुमाउने गरेका छन्, यसलाई रोक्नु नै हाम्रो प्रमुख लक्ष्य हो ।”

महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ लाई टेकेर कारबाही गर्न लागेको जनाएको छ । ऐनको दफा १३७ अनुसार पैदल हिँड्ने यात्रुले बाटो काट्दा जेब्राक्रसिङ र अकासे पुलनै प्रयोग गर्नुपर्छ । जथाभावी बाटो काट्नेलाई २०० देखि एक हजारसम्म जरिवाना गरिने कानुनी व्यवस्था बमोजिम कारबाही गर्न लागेको प्रमुख लामाले बताए ।

पैदलयात्राको क्रममा साथमा दुई सय पनि नभएका यात्रुलाई तीन घन्टासम्म नियन्त्रणमा लिई ट्राफिक नियम सम्बन्धी शिक्षा दिइने महाशाखाले जनाएको छ । महाशाखाले फुटपाथमा जथाभावी पार्किङ गर्ने तथा पसल राख्नेलाई समेत कारबाही गर्दैआएको छ । गत चैत २८ गतेदेखि आजसम्म सात हजार ४६९ व्यक्ति कारबाहीमा परेका महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस