२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा काँग्रेसलाई उम्मेदवार छनौटमा सकस

अ+ अ-

धनगढी । दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा कैलाली काँग्रेसका जिल्लास्तरीय नेताहरुमा उम्मेदवार छनौटमा सकस परेको छ ।

उम्मेदवारका आकाङ्क्षी बढी देखिएपछि छनौटमा समस्या देखिएपनि आज सबै स्थानीय तहमा उठाइने उम्मेदवारको टुङ्गो लगाइसक्ने नेपाली काँग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए । चुनाव आउन २१ दिन मात्रै बाँकी रहेको अवस्थामा पनि काँग्रेसले कैलालीको धनगढी उपमहानगरपालिकासहितका अधिकांश स्थानीय तहमा उठाउने उम्मेदवारको टुङ्गो अझै लगाउन सकेको छैन ।

यद्यपि उम्मेदवारको टुङ्गो नलाग्दै काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायतका दलले मतदातालाई आफ्नो पक्षमा रिझाउन चुनावी घरदैलो सभा, अन्तरक्रियाजस्ता कार्यक्रम गर्दै आएका छन् ।

नेकपा एमालेले भने धनगढी उपमहानगरपालिकाको प्रमुखमा दुर्गाप्रसाद जोशी र उपप्रमुखमा रुक्मिणी देवकोटालाई उम्मेदवार बनाउने निर्णय तीन दिनअघि मात्रै गरेको छ । नेकपा माओवादी केन्द्रले पनि उपमहानगरको प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाउने निर्णय वैशाखमा नै गरिसकेको थियो ।

यी दुई पार्टीले धनगढी उपमहानगरसहित जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यका उम्मेदवारको टुङ्गो लगाइसकेको भएपनि टुङगो लगाइएका कतिपय ठाउँमा अझै कुरा नमिलेको बताइन्छ ।

कैलालीमा एक उपमहानगर धनगढी, छ नगरपालिका र छ गाउँपालिकासमेत १३ वटा स्थानीय तह रहेका छन् । यीमध्ये धनगढी उपमहानगरपालिकाको चुनावलाई सबैले बढी महत्व र चासोका साथ हेरिरहेका छन् । ७ नं. प्रदेशको एक मात्र महानगरका साथै मुख्य व्यापारिक केन्द्र भएको र पछिल्लो संविधान सभाको चुनावमा काँग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन जितेको क्षेत्र रहेकाले पनि यो उपमहानगरको चुनावलाई बढी चासोका साथ हेर्ने गरिएको हो ।

दोश्रो चरणमा निर्वाचन हुने भनेपछि सुरुको अवस्थामा केही सेलाएको यहाँको चुनावी सरगर्मी पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै बढेको छ । रासस

प्रतिक्रिया दिनुहोस