२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता परिवर्तनको हतार नगर्न अध्यक्ष ओलीको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन नभएसम्म सत्ता परिवर्तनको हतार नगर्न सत्तागठबन्धन दललाई आग्रह गरेका छन् ।

आइतबार आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचन गराउने, नीति कार्यक्रम र बजेट ल्याउने कामहरु छाडेर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकार लिन र छाड्नका लागि देखिएको हतारोले निर्वाचन प्रभावित हुन सक्नेतर्फ गम्भीर हुन आग्रह गरे ।

अध्यक्ष ओलीले भने, “मैले दुवै दलका प्रमुखलाई कम्तीमा २०, २२ दिन त पर्खनुस्, लोकलाजको पनि ख्याल गर्नुस् भनेको छु, यो हाम्रो मामिला हो भन्दैहुनुुहन्थ्यो, तर यो अस्थिरता निम्त्याउने कुरा पनि हो ।”

निर्वाचनको मिति तय भइसकेपछि सरकारले संविधान र सहमति विपरीत स्थानीय तहको सङ्ख्या थपेकोमो आपत्ति जनाउँदै उनले त्यस्तो निर्णय फिर्ता गर्न सरकारसँग माग गरे ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले ११ जिल्लामा २२ स्थानीय तह थप र केहीलाई स्तरोन्नति गरेको थियो । निर्वाचन आयोगले सरकारको उक्त निर्णयलाई आचारसंहिता विपरीत भनी स्पष्टरुपमा भन्नुपर्ने र सरकारले पनि निर्णय सच्याउनुपर्ने अध्यक्ष ओलीले बताए ।

उनले संविधान संशोधन विधेयक पनि फिर्ता लिनुपर्ने माग गर्दै पहिलो चरणको स्थानीय निर्वाचनमा भएका धाँधलीबारे संसदीय छानबिन समिति गठन गरिनुपर्नेमा जोड दिए ।

निर्वाचनलाई प्रभावित हुने गरी बजेटमा नयाँ कार्यक्रम नल्याउन र करका दायरा यथावत् राख्न माग गर्दै उनले “राष्ट्रिय जनता पार्टीले राष्ट्रिय भावनाका साथ लोकतान्त्रिक अभ्यास र प्रक्रियामा साथ दिने अपेक्षा पनि व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस