सरकारले गर्यो कामी बुढालाई शहीद घोषणा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारले गर्यो कामी बुढालाई शहीद घोषणा


९ जेष्ठ २०७४, मंगलबार


काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सरकारले रुकुमका कामी बुढामगरलाई शहीद घोषणा गरेको छ ।

कामी बुढामगरलाई कम्युनिष्ट आन्दोलनमा लागेको भन्दै तत्कालीन सरकारले २०१० सालमा हत्या गरेको थियो ।

२००७ सालकै वरिपरि रोल्पा रुकुमबाट पहिलो कम्युनिष्ट सशस्त्र क्रान्तिको शुरुवात भएको थियो र जसको पहल र नेतृत्व कामी बुढाले गरेका थिए । नेपालमा कम्युनिष्टहरूले पहिले देखिनै उनलाई सहितको रुपमा सम्मान गर्दै आएका थिए ।

कामी बुढा रुकुम जिल्लाको चौखावाङ– ८ मा वि.सं. १९७८ सालमा वुवा खिन्तु वुढा र आमा मंगली वुढाको कोखबाट सामान्य परिवारमा जन्मिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस