ललितपुर महानगरको मत गणना स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ललितपुर महानगरको मत गणना स्थगित


९ जेष्ठ २०७४, मंगलबार


ललितपुर । एमालेका मेयरका उम्मेदवार हरिकृष्ण ब्यन्जनकारले वडा नम्बर ४, ९ र २६ को मतगणनाको परिणाम जोड्ने क्रममा गणकले जालझेल गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनले उजुरी दिएपछि ललितपुरको गणना स्थगित भएको छ ।

व्यन्जनकारले ४, ९ र २६ नम्वर वडाको मत पुनःगणना गर्नुपर्ने माग गरेका छन् । आफुले पुनः ती वडामा मतगणनाको माग गरे पनि मुख्य निर्वाचन अधिकृतले पुनःमत गणना नहुने बताएकोले आयोगमा जानु परेको बताए ।

मुख्य निर्वाचन अधिकृतले भने गणनामा विवादमा परेका कर्मचारीलाई निश्कासन गसकेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस