पोखरा । कास्कीको अन्नपूर्ण गाउंपालिका–४ भदौरेमा शुक्रबार अपराह्न भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
खोलाबाट ढुङ्गा लिएर आउँंदै गर्दा ग १ त ३६२३ नं.को ट्रयाक्टर पल्टिदा ट्रयाक्टरमा सवार सोही ठाउँका रामसिंह नेपाली र अजय गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए । रासस