वालिङ नगरपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वालिङ नगरपालिकामा काँग्रेस विजयी


५ जेष्ठ २०७४, शुक्रबार


वालिङ । स्याङ्जाको वालिङ नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

वालिङ नगरपालिकाको नगर प्रमुखमा काँग्रेसका दिलीपप्रताप खाँणले १० हजार ६०० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पुन्यप्रसाद अर्यालले आठ हजार ७४९ मत प्राप्त गरे ।

त्यस्तै नगर उपप्रमुखमा काँग्रेसकै कल्पना तिवारी नौ हजार ८९५ मत ल्याई विजयी भइन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी खगिसरा थापाले नौ हजार ३५७ मत प्राप्त गरिन् । वालिङमा ३१ हजार ३१२ मतदाता रहेकामा २२ हजार ४३४ मत खसेको थियो

चौधवटा वडा रहेको वालिङ नगरपालिकामा काँग्रेस प्रमुख र उपप्रमुखसहित सातवटा तथा एमाले सातवटा वडामा विजयी भएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस