रघुगङ्गा गाउँपालिकामा काँग्रेसका भण्डारी विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रघुगङ्गा गाउँपालिकामा काँग्रेसका भण्डारी विजयी


४ जेष्ठ २०७४, बिहिबार


म्याग्दी । बिहिबार बिहान ५ बजे सार्वजनिक गरिएको परिणामअनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिकामा नेपाली काँग्रेसका भवबहादुर भण्डारी चार हजार ४३४ मत प्राप्त गरी विजयी भएका छन् ।

भण्डारीका प्रतिस्पर्धी नेकपा एमाले–नेकपा माओवादी (केन्द्र) संयुक्त गठबन्धनका खिमबहादुर शाहीले दुई हजार ७३० मत प्राप्त गरेका रघुगङ्गा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुइँकेलले जानकारी दिए । शाही नेकपा एमालेका हुन् ।

त्यसैगरी, उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै कमला तिलिजाले तीन हजार ८४७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी एमाले–माओवादी केन्द्रका हरि भण्डारीले दुई हजार ६६२ मत प्राप्त गरे । भण्डारी नेकपा माओवादी केन्द्रका हुनुहुन्छ ।

आठवटा वडा रहेको रघुगङ्गा गाउँपालिकाका सातवटा वडामा नेपाली काँग्रेस र एक वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस