त्रिवेणी गाउँपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

त्रिवेणी गाउँपालिकामा काँग्रेस विजयी


३ जेष्ठ २०७४, बुधबार


सल्यान । त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।

अध्यक्षमा विजयी काँग्रेसका मानबहादुर डाँगीले दुई हजार ७६५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लोकेन्द्रसिंह खड्काले दुई हजार ३१७ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा विजयी काँग्रेसका करुणा खड्काले दुई हजार ६४५ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पवित्रा केसीले दुई हजार ३७७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

शारदा नपामा मतगणना स्थगित

सल्यानको शारदा नगरपालिकाको मतगणना स्थगित भएको छ । शारदा नगरपालिका–४ को मतगणना पारदर्शी नभएको भन्दै एमालेले मतगणना स्थलबाट बाहिरिएको थियो । एमालेले शारदा नगरपालिका–४ को मतगणना गर्ने क्रममा अनियमितता भएको भन्दै निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीलाई लिखित उजुरी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस