अन्नपूर्ण २ मा माओवादी केन्द्र विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अन्नपूर्ण २ मा माओवादी केन्द्र विजयी


१ जेष्ठ २०७४, सोमबार


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् ।

केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा विष्णुकुमारी परियार (२१७), खुल्ला सदस्यमा बुद्धीबहादुर पुन (२०३) र वीरबहादुर पौडेल (१९९) प्राप्त गरी निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुईवटा मतदान केन्द्र र ५४३ जना मतदाता रहेको भुरुङ तातोपानीमा ४१० मत खसेकोमा आठ मत बदर भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस