२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहको मतगणना सुरु

अ+ अ-

काठमाडौँ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार निर्वाचन सम्पन्न भएका स्थानीय तहमध्ये ७९ स्थानीय तहको मतगणना कार्य सुरु भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार, रसुवा, धादिङ, डोल्पा, हुम्ला, गोरखा, मुगुलगायतका हिमाली तथा विकट क्षेत्रका मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट सोमबार बिहान सम्बन्धित केन्द्रसम्म ल्याउने कार्य भइरहेको छ ।

प्रदेश नम्बर ३ का ८, प्रदेश नम्बर ४ का २५ र प्रदेश नम्बर ६ का ५१ स्थानमा मतपेटिका सङ्कलनको काम भइरहेको जनाइएको छ ।

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ६ स्थित नन्दादेवी मावि मतदान केन्द्रका मतपेटिका ढुवानीको क्रममा आइतबार एक समूहले मतपेटिका लुटी नोक्सान पारेकाले सुरक्षाकर्मीले सुरक्षार्थ गोली चलाउँदा एकजनाको घटनास्थलमै मृत्यु भएको आयोगले जनाएको छ ।

सो घटनामा घाइते भएकालाई उपचारार्थ हेलिकप्टरबाट अस्पताल लैजाने तयारी भइरहेको छ । सो घटनामा पाँचजना सुरक्षाकर्मीसमेत घाइते भएको जानकारी प्राप्त भएको छ ।

मतदान स्थगित भएका र सामग्री लुटी नोक्सान पारिएका मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था गरिने छ । काठमाडौँ उपत्यकामा काठमाडौँ महानगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना सुरु भएको छ ।

काठमाडौँ महानगरपालिका र भक्तपुर जिल्लाका स्थानीय तहको मतगणनाको तयारी भइरहेको आयोगले जनाएको छ । कालीकोट जिल्लाको कालिका गाउँपालिका बालाचौर आधारभूत विद्यालय मतदान केन्द्रको आइतबार अपराह्न केही समय स्थगित भएको मतदान कार्य पुनः सुचारु गरी सम्पन्न भएको जानकारी प्राप्त भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस