विप्लब समूहद्धारा कालिकोटमा मतपत्रसहितको ब्यालेट बक्स जलाइयो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विप्लब समूहद्धारा कालिकोटमा मतपत्रसहितको ब्यालेट बक्स जलाइयो


प्रशासन विशेष ब्युरो

३१ बैशाख २०७४, आइतबार


कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविमा मतदान केन्द्रको एक थान मतपेटीका नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहले जलाएको छ ।

मतपेटिका प्याक गरेर मत गणनास्थलतर्फ लाने तयारी गर्दै गर्दा ठुलो संख्यामा आएका नेत्र विक्रम चन्द ‘विप्लव’ का कार्यकर्ताले मतपत्र सहितको ब्यालेट बक्स जलाएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

निर्वाचन आयोगका अनुशार आइतबार भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस