चुनावी रौनक : ९० वर्षिय वृद्धाले गरिन् मतदान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चुनावी रौनक : ९० वर्षिय वृद्धाले गरिन् मतदान


३१ बैशाख २०७४, आइतबार


काठमाडौं । जनताले सधै आफ्नो भूमिका इमान्दारीताका साथ निर्वाह गर्दै आएका छन् तर नेताहरुले जनताको त्यो इमान्दारितालाई लिलामीमा चढाउदै आए । नेता बेइमान छन् । जनता इमान्दार छन् । र, नालायक मध्येबाट लायक आइहाल्छ कि भन्नेमा आशाबादी पनि । त्यसैले त यी ९० वर्षिया ह्विलचियरमै आएर भएपनि आफ्नो अमुल्य मत हालिन् ।

९ दशक पार गरिसकेकी आशा भट्टराइले अहिलेसम्म मत हाल्न छुटाएकी छैनन् । यतिबेला उनि ह्विलचियर प्रयोग गर्दै आएकीछिन् । ह्विलचियरमै भएपनि भोट हाल्ने इच्छा गरेपछि छोरावुहारीले आफुसंगै मतदानका लागि लिएर आए ।

आमाले मान्नु भएन, म पनि जान्छु भनेर हौसिनुभयो र हामीले संगै लिएर आयौं उनका छोराले भने । कान कम सुन्ने भट्टराइ मतदान गर्न पाएकोमा निकै खुसि छिन् । उनी छोराबुहारी सहित बिहान ७ बजे नै मतदान केन्द्र पुगि सकेकी थिइन् र केही मिनेटको पखाइमै उनले मतदान गरी घर फर्किएकी छिन् । डिल्लि बजार २९ विजय मेमोरियल मतदान केन्द्रबाट भट्टराइले मत हालेकी हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस