१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाममा हरियो पत्तीको उत्पादन वृद्धि

अ+ अ-

इलाम । मौसम अनुकूल भएकाले यस वर्ष इलाममा गत वर्षको तुलनामा हरियो पत्तीको उत्पादन बढेको छ । उत्पादन बढेकाले कारखानामा अहिले हरियोपत्ती प्रशोधनको चाप बढेको छ ।

गत वर्ष यही याममा ४० प्रतिशतसम्म उत्पादन घटे पनि यस वर्ष भने उत्पादन दोब्बर भएको छ । यतिबेलाको हरियोपत्ती गुणस्तरिय हुने कृषक बताउछन् । गत वर्ष सिँचाइ अभाव भएका ठाउँमा फस्ट फ्लस उत्पादन चैत अन्तिम सातामात्रै भएको थियो । यस वर्ष चैत सुरूमै चियाले उत्पादन दिन थालेकाले परिमाण पनि बढेको छ ।

सदरमुकामस्थित इलाम चिया बगानमा यस वर्ष पहिलो टिपाइमै १० हजार किलो हरियोेपत्ती उत्पादन भएको कारखानाकी इन्दिरा गुरूङले बताए । कारखानाले दैनिक दुई सय ५० किलोभन्दा बढी हरियोपत्ती प्रशोधन गर्दै आएको छ ।

माइपोखरीस्थित माइपोखरी चिया प्रशोधन कारखानामा पनि यस वर्ष कारखानाले प्रशोधन गर्न नभ्याउने गरी हरियोपत्ती आएको कारखाना सञ्चालक शरद सुव्वाले बताए । उच्च गुणस्तरको अग्र्यानिक चिया उत्पादन बढेकाले कारखानाले सङ्कलन भएको हरियोपत्ती नजिकैको अर्को कारखाना पठाइरहेको जनाएको छ ।

फाकफोकस्थित तीनजुरे चिया सहकारी संस्थामा पनि यसपटक हरियोपत्ती उत्पादन बढेको छ । “गत वर्षभन्दा यस वर्ष ४५ प्रतिशत भन्दा बढी उत्पादन छ,” कारखानामा कार्यरत शरद शर्माले भने । सहकारीले आफैंँ कारखाना स्थापना गरेर पत्ती प्रशोधन गरिरहेको छ । यहाँ तयार भएको तयारी चिया जर्मनी, अमेरिका, जापानसम्म निकासी हुने गरेको छ । कारखानाले प्रतिकिलो ७० सम्ममा किसानबाट हरियोपत्ती खरिद गर्दै आएको संस्थाका व्यवस्थापक सोमनाथ शर्माले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस