काँग्रेसबाट प्रमुखका प्रत्यासीको घरम बम फेला « प्रशासन
Logo १७ मंसिर २०७८, शुक्रबार
   

काँग्रेसबाट प्रमुखका प्रत्यासीको घरम बम फेला


२९ बैशाख २०७४, शुक्रबार


वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवारको घरमा शुक्रबार  बिहानै बम फेला परेको छ ।

गल्याङ प्रहरी चौकीका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेकाअनुसार शुक्रबार बिहान प्रमुख पदका उम्मेदवार लालगोपाल अर्यालको घरको बरन्डामा एउटा बम फेला परेको हो ।

प्लास्टिकले बेरिएको अवस्थामा बम देखेपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले केहीछिन अघि निष्क्रिय पारेको प्रहरी निरीक्षक पाण्डेले बताए ।

प्रमुख पदका उम्मेदारको घरमा बम फेला परेपछि स्थानीयवासी त्रसित भएका छन् भने प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस