नेपालमा २३ वर्ष यताकै आर्थिक उच्च वृद्धिदरः विश्व बैंक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालमा २३ वर्ष यताकै आर्थिक उच्च वृद्धिदरः विश्व बैंक


२९ बैशाख २०७४, शुक्रबार


काठमाडौँ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ७.५ प्रतिशतले (बजार मूल्यमा) वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले बिहिबार सार्वजनिक गरेको प्रतिवेदमा मनसुनी वर्षाका कारण कृषि उत्पादकत्वमा वृद्धि, विद्युत आपूर्तिमा वृद्धि र भूकम्पपछिको पुनःनिर्माणमा लगानी वृद्धि भएका कारण २३ वर्षयताकै आर्थिक वृद्धिदर बढ्ने भएको हो ।

विश्व वैंकको प्रतिवेदनअनुसार सन् १९९४ पछि सन् २०१७ मा नेपालमा ७.५ प्रतिशतले आर्थिक वृद्धि हुने भएको हो । सन् २०१५ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशतले वृद्धि भएको थियो भने सन् २०१६ मा १४ वर्षयताकै न्यून शून्य दशमलव ४ प्रतिशतले आर्थिक वृद्धि भएको थियो ।

विश्व बैंकले गतवर्ष नेपालमा भारतको आर्थिक नाकाबन्दीका कारण आर्थिक वृद्धिमा ठूलो असर पुगेको जनाएको छ । नेपालमा यस वर्ष धान उत्पादन ५.२ मिलियन मेट्रिक टन बराबर पुग्ने आँकलन गरिएको छ । गत वर्ष भने धान उत्पादन ४.२ मिलियन मेट्रिक टन मात्र भएको थियो । यातायात तथा नाकाबन्दीपूर्वको अवस्थामा फर्कनाका साथै पर्यटन क्षेत्रमा पनि व्यापक सुधार आएर पनि निर्यातको अवस्थामा उल्लेखनीय सुधार आउन नसकेको प्रतिवेदनमा उल्लेख छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस