बुद्ध जयन्तीको उल्लास देशै भरी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बुद्ध जयन्तीको उल्लास देशै भरी


२७ बैशाख २०७४, बुधबार


काठमाडौँ । वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी देशै भरी धुमधामका साथ मनाइँदैछ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागे ।

छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए ।

उपराष्ट्रपति नन्द बहादुर पुन २५६१ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा बुधबार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मूलसमारोह कार्यक्रममा सहभागी भएका छन् ।

देशका विभिन्न ठाउँमा भक्त जनले उनको जन्म जयन्ती मनाइरहेका केही दृष्य तस्विरमाः

 

तस्विरः रासस

Tags :
प्रतिक्रिया दिनुहोस