लुम्बिनीको समग्र विकासको लागि ध्यान दिन उपराष्ट्रपतिको आग्रह « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

लुम्बिनीको समग्र विकासको लागि ध्यान दिन उपराष्ट्रपतिको आग्रह


२७ बैशाख २०७४, बुधबार


बुटवल । उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धदर्शन तथा यसको विकासले नेपालमा शान्तिको चेतनाको निर्माण भएको बताएका छन् । उनले बुद्धदर्शन तथा यसको विकास नेपालमा भएको कारण नेपाल र नेपालीका लागि गौरवको विषय रहेको समेत उल्लेख गरे ।

उपराष्ट्रपति पुनले २५६१ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित मूलसमारोह कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धको पञ्चशीलको सिद्धान्त व्यवहारमा ल्याउन सकेमा मानव जीवन सार्थक हुन्छ भने ।

उनले बुद्ध एक महान दार्शनिक हुनुका साथै बुद्धको शिक्षा जीवनयोगी र अहिले झन् सान्दर्भिक रहेको बताउँदै भने–“बुद्ध दर्शनको महत्व अझै बढेको छ ।”

उपराष्ट्रपति पुनले लुम्बिनीको विकासको लागि लुम्बिनी विकास कोषले थप कार्ययोजना अगाडि बढाउनु जरुरी रहेको बताउँदै लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्रामलाई पनि एकैसाथ जोडेर विकास कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

उनले भने– “बुद्धको दर्शन बुझ्न र बुझाउनको लागि एकीकृत परिचय दिनु आवश्यक छ । बुद्धको जन्मस्थलबारे फैलाइएको भ्रमबारे चिर्न जरुरी रहेको छ ।”

नेपाल सरकारलाई लुम्बिनीको समग्र विकासको लागि ध्यान दिन आग्रह गर्दै उनले लुम्बिनी आउने पर्यटकलाई कम्तीमा पनि १० दिन बस्नसक्ने वातावरण मिलाउन सकेमा लुम्बिनीको पर्यटकीय विकास हुने बताए ।

कार्यक्रममा सांसद कमलेश्वर पुरी गोश्वामीले गौतम बुद्धको जन्मस्थल विश्व शान्तिको खोजको लागि गृहत्याग गरेका गौतम बुद्धले विश्वमा शान्तिको दीप जलाएको भन्दै बुद्ध धर्मको विशेष प्रसारप्रसारको खाँचो रहेको बताए ।

उनले गौतम बुद्धको अहिंसावादी सिद्धान्त सबैले पालना गर्नुपर्ने बताए ।

संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले लुम्बिनी क्षेत्रको विकासमा लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र तिलौराकोट, रामग्राम, देवदहलगायतको वृहत्तर गुरुयोजनामा थप क्षेत्रलाई समेत विकास गर्ने योजना अगाडि बढाएको बताए ।

उनले भने–“लुम्बिनी क्षेत्रको विकासका लागि बुद्ध परिपथ र बृहत्तर गुरुयोजना अगाडि बढाउने योजना रहेको छ ।” उनले लुम्बिनीको पर्यटन विकासमा यहाँ आउने पर्यटकको बसाइँ लम्ब्याउनेको लागि सरकारले बुद्ध परिपथको अवधारणा अगाडि बढाएको र लुम्बिनी क्षेत्रको विकासको लागि सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको जानकारी दिए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले नेपाल सगरमाथा र भगवान गौतम बुद्धको देशको रुपमा विश्वले चिन्ने गरेको बताउँदै बौद्ध धर्मको सुत्रपात भएको लुम्बिनीलाई देशले विशेष महत्वपूर्ण स्थानको रुपमा विकास गरोस् भने ।

सो अवसरमा उपराष्ट्रपति पुनले लुम्बिनी विकास कोषमा २५ वर्ष सेवा गरेकी मीना शर्मालाई दीर्घसेवा र अन्य १० जनालाई सम्मान गरे ।

कार्यक्रम विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधको अध्यक्षतमा भएको कार्यक्रममा बुद्धको जीवनी झल्काउने नृत्य र झाँकी प्रस्तुत गरिएको थियो ।

उपराष्ट्रपति पुनले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पुगेर दर्शन गर्नका साथै मायादेवी मन्दिरको बारेमा जानकारी लिएका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस