जन्मदिनमा ११ लाखको अक्षय कोष स्थापना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जन्मदिनमा ११ लाखको अक्षय कोष स्थापना


२७ बैशाख २०७४, बुधबार


धनगढी । समाजसेवी एवम् दानबीर बद्रिनाथ भण्डारीले बुधबार आफ्नो ९२ औँ जन्मदिवसको अवसरमा ११ लाखको अक्षय कोष स्थापना गरेका छन् । भण्डारीले सुदूर पश्चिमाञ्चल साहित्य समाजको मातहतमा रहने गरी सो राशि समाजका अध्यक्ष रामलाल जोशीलाई हस्तान्तरण गरेका छन् ।

भण्डारीले ११ लाखको अक्षय कोषको व्याजबाट नेपाली साहित्यका उत्कृष्ट कृतिका कृतिकारलाई बार्षिक रुपमा एक लाख ११ हजार एक सय ११ रुपैया प्रदान गर्ने गरी सो रकम प्रदान गरिएको बताए ।

समाजले उन्को जन्मदिनको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्नुका साथै साहित्यीक कार्यक्रमको पनि आयोजना गरेको थियो । धनगढी निवासी भण्डारीले समाज सेवाका क्षेत्रमा एक करोड भन्दा बढी दान गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस