२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको वैदेशिक व्यापारमा सुधार

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०७३/७४ को प्रथम नौ महिनामा वैदेशिक व्यापारमा ३६ प्रतिशतले वृद्धि भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याङ्कअनुसार सो अवधिमा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ९ प्रतिशतले वृद्धि भई सात खर्ब ८१ अर्ब २८ करोड पुगेको छ ।

कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७ दशमलव १ प्रतिशत र ९२ दशमलव ९ प्रतिशत रहेको केन्द्रले जनाएको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी ९ दशमलव ९ प्रतिशतले वृद्धि भई ५५ अर्ब २६ करोड तथा कुल पैठारीमा ३८ दशमलव ४ प्रतिशतले वृद्धि भई सात खर्ब २६ अर्ब दुई करोड पुगेको छ ।

उक्त अवधिमा निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेस्ट, अलैँची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पस्मिना सल, जडीबुटी आदि प्रमुख छन् ।

त्यस्तै, पैठारी व्यापारमा भारत, चीन, युएई, फ्रान्स, इन्डोनेसिया, थाइल्यान्ड, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, साउदी अरेबिया, क्यानडा, जापान, मलेसिया र भियतनाम प्रमुखरुपमा छन् ।

चालु आवमा समीक्षा अवधिमा समग्र निकासीमा सामान्य सुधार भए पनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा ४१ दशमलव ४ प्रतिशतले वृद्धि भई छ खर्ब ७० अर्ब ७६ करोड पुगेको छ ।

नेपालका प्रमुख व्यापारिक साझेदार देशमध्ये निर्याततर्फका प्रमुख गन्तव्यमा भारततर्फ अलैँची, जुस, कपडा, धागो, चिया, फलाम तथा स्टिलका उत्पादन, जुत्ता, रोजिन र रेजिन एसिड, जुटका बोरा तथा झोला एवम् पिना प्रमुखरुपमा निर्यात भएको देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस