२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई अर्बको एलइडी बल्ब खरिद गरिँदै

अ+ अ-

काठमाडौँ । करिब दुई सय मेगावाट विद्युत् जोगाउने महत्वाकाङ्क्षी लक्ष्यका साथ सरकारले एलइडी बल्ब खरिदको प्रक्रिया अगाडि बढाएको छ ।

आगामी हिउँदलाई मध्यनजर गर्दै ऊर्जाको मागलाई स्थिर राख्न र उपलब्ध विद्युत् बढीभन्दा बढी क्षेत्रमा पु¥याउने तथा विद्युत्भार कटौतीलाई पूर्णरुपमा अन्त्य गर्ने सरकारको तयारी छ ।

ऊर्जा मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार दुई अर्बको लागत ४० अर्ब जोगाउनका लागि एलइडी बल्ब खरिद प्रक्रिया अगाडि बढाइएको हो । करिब २०० मेगावाट विद्युत् उत्पादन गर्नका लागि हालको बजार मूल्यअनुसार करिब ४७ अर्ब लागत आवश्यक पर्दछ । एक एलइडी बल्बका लागि भारतीय रुपैयाँ ६५ पर्दछ भने बजार मूल्य ३५० देखि ४०० सम्म पर्दछ ।

एलइडी बल्बको औसत आयु ५० हजार घन्टा रहेको छ । त्यसको तुलनामा सिएफएल बल्बको १० हजार घन्टा, ट्युबलाइटको १५ हजार घन्टा र सामान्य बल्बको एक हजार घन्टा रहेको छ ।

भारत सरकारले विभिन्न १६ राज्यमा एलइडी बल्ब प्रयोगमा ल्याएको छ । त्यसबाट करिब १० हजार मेगावाट बराबरको ‘पिक लोड’ व्यवस्थापन गर्न सफल भएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकको आवश्यकता र चाहनाअनुसार आगामी हिउँदको विद्युत् व्यवस्थापन गर्ने लक्ष्यका साथ प्रक्रिया सुरु गरिएको जानकारी दिए । “केही मान्छेले एलइडी बल्बका विषयमा गलत मनसायका साथ कुरा उठाएका छन्, सरकार र मन्त्रालय कुनै पनि गलत काम गर्ने पक्षमा छैन, जनतालाई राहत दिन र नियमित रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ”– ऊर्जा मन्त्री शर्माले भने, “जनतालाई राहत दिनु, मुलुकका पक्षमा काम गर्नु, २०० मेगावाट विद्युत् जोगाउनु कसैलाई गलत लाग्छ भने मेरो भन्नु केही छैन ।”

नेपाल–भारत सचिवस्तरीय बैठक (२७ र २८ जुन २०१६) को निर्णयअनुसार भारतको नयाँदिल्लीमा आयोजित तेस्रो बैठकले भारतीय कम्पनी इनर्जी इफिसेन्सी सर्भिस लिमिटेड (इइइसएल) सँग एलइडी बल्ब खरिद गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को केही दिन पहिलेको बैठकले एलइडी बल्ब खरिद गर्ने सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार नै सरकारी संस्थाका बीचमा बल्ब खरिदको निर्णय भएको, सबैभन्दा सस्तो मूल्यमा उपभोक्तालाई राहत दिन खोजिएको जानकारी दिए ।

साँझ बिहानको बढ्दो विद्युत्को माग व्यवस्थापनमा सुधार गरी जलविद्युत् गृहको अधिकतम् उपभोग गर्न माग पक्ष व्यवस्थापनको एउटा उपायको रुपमा एलइडी बल्ब खरिद गर्न लागिएको सचिव उपाध्यायको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एलइडी बल्ब प्रयोग भएपछि औद्योगिक क्षेत्रमा रहेको चार घन्टा विद्युत्भार कटौती अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“हाल मुलुकभर एक हजार २५० मेगावाट विद्युत् माग रहेको छ । आगामी हिउँदमा करिब १०० मेगावाट थप विद्युत् माग हुनेछ । सो अवधिमा चमेलिया (३० मेगावाट) र कुलेखानी तेस्रो (१४ मेगावाट) बाहेक अरु निजी क्षेत्रबाट थपिने विद्युत्को मात्रा कम हुन जान्छ”– कार्यकारी निर्देशक घिसिङले भने, “राम्रो कामको सुरुआत गरेर जनतालाई सेवा दिन खोज्दा केहीले नराम्रो माने हामी त्यो सहन तयार छौँ ।”

प्रतिक्रिया दिनुहोस