कार दुर्घटनामा एकको मृत्यु, दुई घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कार दुर्घटनामा एकको मृत्यु, दुई घाइते


२४ बैशाख २०७४, आइतबार


बस दुर्घटना

काठमाडौँ । गएराति बिजुली बजारमा कार दुर्घटना हुँदा धनकुटा स्थायी घर भई शान्तिनगर बस्ने चन्द्र निरौलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

तीनकुनेबाट बबरमहलतर्फ आइरहेको बा१६च ८६०३ नं.को कार पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका निरौलाको बानेश्वरस्थित एभरेष्ट नर्सिङहोममा उपचारका क्रममा निधन भएको प्रहरी प्रभाग, बानेश्वरले जनाएको छ ।

घाइते भक्त तामाङ र गणेश खत्रीको उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस