२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस, माओवादी केन्द्र झडपमा चौध घाइते

अ+ अ-

रुकुम । शनिबार जिल्लाका विभिन्न तीन ठाउँमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

चुनावी प्रचारप्रसारका क्रममा जिल्लाको मुसिकोट नगरपालिकाको एक ठाउँमा र चौरजहारी नगरपालिकाको दुई ठाउँमा दुई दलका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ ।

मुसिकोट नगरपालिका–२ र चौरजहारी नगरपालिका– १२ र १४ मा छुट्टाछुट्टै झडप भएको प्रहरीको भनाइ छ । दुवै स्थानमा भएको झडपमा परी माओवादी केन्द्रका नौजना र नेपाली काँग्रेसका तीनजना कार्यकर्ताका साथै दुईजना सरकारी कर्मचारी घाइते भएको जिप्रका, रुकुमका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिए ।

मुसिकोट नगरपालिकाको झडपमा परी माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार रमेश खड्कासहित जीवन खड्का, डम्बर विक, अनिल पुन मगर, दलबहादुर खड्का र सुभास खड्का घाइते भएका छन् ।

चौरजहारीमा भएको झडपमा माओवादीका लीलाधर ओली, मोहन कुँवर र वीरेन्द्र राणा घाइते भएको प्रहरीले बताएको छ ।

घाइतेहरुको टाउको, खुट्टालगायतका ठाउँमा चोट लागेको छ । घाइतेको उपचार जिल्ला अस्पताल, सल्लेमा भइरहेको छ । यस्तै, दुई पार्टीको झडपमा आफ्नो कामको सिलसिलामा हिँड्दै गर्दा चौरजहारी नगरपालिका–१२ का भीमबहादुर ओली र मुसिकोट नगरपालिकामा भएको झडपमा भोगबहादुर खड्का गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।

उनीहरु दुवैको टाउकोमा गहिरो चोट लागेको प्रहरीको भनाइ छ । ओलीलाई जिल्लामा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने खड्काको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

ओली आधारभूत विद्यालय, जुम्लिपोखरीका प्रधानाध्यापक हुन् भने खड्का जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक हुन् ।

घटनाका बारेमा थप अनुसन्धान गर्ने भन्दै प्रहरीले मुसिकोट नगरपालिकाबाट चार र चौरजहारीबाट चार गरी आठजनालाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेकाले नियन्त्रणमा लिएकाहरुको नाम सार्वजनिक गरिएको छैन । रासस

प्रतिक्रिया दिनुहोस