१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसान पशु बीमामा आकर्षित, बाली बीमामा अनभिज्ञ

अ+ अ-

रोल्पा । रोल्पाका पशुपालक किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको देखिएको छ । जिल्लामा हालसम्म विभिन्न पशुमा गरी तीनसय ९३ किसानले एकहजार एकसय २६ पशुमा बीमा गरेको पशु सेवा कार्यालय रोल्पाले जानकारी दिएको छ ।

यसरी बीमा भएका पशुमा ५७ किसानका ६७ गाई, २६ किसानका २९ भैँसी, नौ किसानका १६ गोरु, दुईसय ९६ किसानका एकहजार तीन बाख्रा, तीन किसानका तीन भेडा र दुई किसानका आठ बङ्गुर रहेको पशु सेवा कार्यालय रोल्पाका पशु चिकित्सक नीमबहादुर सिंहले जानकारी दिए ।

जिल्लाका साबिक सिर्प, उवा र थवाङबाहेक सबै गाविसका किसानले पशु बीमा गरेको बताइएको छ । पशु बीमाप्रति किसानको आकर्षण बढ्दै गएको देखिन्छ, सिंहले अगाडि थपे ।

विभिन्न प्राकृतिक प्रकोप तथा रोगब्याधीबाट पशु मरेमा बीमाङ्कको ९० प्रतिशतसम्म रकम किसानले पाउने गर्दछन् । हालसम्म जिल्लामा बीमा गरेका ११ पशु मरेको हुँदा त्यसको बीमा रकम किसानले पाइसकेको पशु चिकित्सक सिंहले जानकारी दिए । पशु बीमाको अवधि एक वर्ष हुने बताइएको छ ।

बाली बीमाप्रति भने किसानको आकर्षण देखिएको छैन । किसानको उत्पादनको सुरक्षालाई सुनिश्चितता गर्ने गरी सरकारले बीमा कार्यक्रम लागू गरेको भए पनि जिल्लामा हालसम्म एकजना किसानले पनि बीमा नगरेको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए ।

“बाली बीमाको फाइदाबारे किसानलाई जानकारी नहुँदा आकर्षण नभएको हुन सक्छ निकट भविष्यमा नै बाली बीमाबारे सचेतीकरण गर्ने सोच बनाएका छौँ”, श्रेष्ठले भने ।

जिल्लाका गैरीगाउँ र बुढागाउँका किसानले टमाटरमा र जिनावाङका किसानले स्याउ खेतीमा बीमा गर्न थालेको श्रेष्ठले बताए । धेरैभन्दा धेरै किसानलाई बीमाको पहुँचमा ल्याउने गरी काम गर्छौं, श्रेष्ठले भने। रासस

प्रतिक्रिया दिनुहोस