१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिसट्ठी कृषक समूहलाई मोबाइल फोन

अ+ अ-

इनरुवा । सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन वितरण गरिएको छ । किसानलाई मौसम र जलवायुको विषयमा जानकारीका लागि मोबाइल फोन वितरण गरिएको हो ।

नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना व्यवस्थापन इकाईले जिल्लाका ६३ वटा कृषि समूह, कृषि सहकारी र पशुपालन कृषक समूहलाई मोबाइल फोन वितरण गरेको हो । जिल्लाका किसानलाई बुधबार जिल्ला कृषि विकास कार्यालय सुनसरीमा कृषि व्यवस्थापन प्रणालीको सामग्री तथा उपकरण वितरण कार्यक्रम आयोजना गरी सो सामग्री वितरण गरेको हो ।

कृषि व्यवस्थापन सूचना प्रणाली कार्यक्रमअन्तर्गत कृषि मौसम र जलवायुसम्बन्धी जानकारी सहजरुपमा पाउनका लागि मोबाइल फोन सिम कार्डसहित वितरण गरिएको आयोजनाका निर्देशक विष्णुप्रसाद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार आयोजनाले किसानलाई जानकारीमूलक प्रोडक्टका प्रचारप्रसार, उत्पादन वृद्धिका लागि कृषि जलवायु तथा प्रविधिजडित जानकारीमूलक हाम्रो कृषि मोबाइल, एसएमएस, इन्टर एक्टिभ र भ्वाइस रेस्पोन्सका लागि सामग्री वितरण गरिएको हो ।

उक्त मोबाइलबाट किसानले कृषिसम्बन्धी प्रश्नउत्तर, मौसमका बारेमा जानकारी, सूचना तथा जानकारीको अपडेट, कृषि र किसानको सफलताको कथा लगायतका कुरा मोबाइलबाटै थाहा पाउने आयोजना निर्देशक घिमिरेले बताए । समूह र सहकारीलाई वितरण गरेको उक्त मोबाइलबाट झन्डै दुई हजार किसानले राहत पाउनेछन् । सूचना पाएर आफ्नो कृषि बाली तथा पशुपक्षी पालनमा सहजताका साथै सतर्कता अपनाउन सहज हुने जिल्ला कृषि विकास कार्यालय प्रमुख राजकान्त झाले जानकारी दिए ।

झाका अनुसार ६३ सहकारी र समूहमध्ये ३८ सहकारी र समूह कृषितर्फ तथा २५ वटा समूह पशुतर्फको रहेका छन् । समूह र सहकारीलाई कार्यक्रमका प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले मोबाइल फोन सेटसँगै, रेनगेज, तापक्रम नाप्ने थर्मामिटर लगायतका सामग्री वितरण गरे । सामान पाएपछि किसान र कृषक समूहले त्यसबाट आफूहरुलाई पशुपालन तथा बाली उत्पादनमा सहज हुने प्रतिक्रिया दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस