२९ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२९ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना


२० बैशाख २०७४, बुधबार


काठमाडौँ । फ्रिडम फोरमले १० महिनाको अवधिमा मुलुकभर गरेको अनुगमनको क्रममा २९ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएको तथ्य सार्वजनिक गरेको छ ।

फ्रिडम फोरमले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधबार आयोजना गरेको छलफल कार्यक्रममा २०१६ मेदेखि २०१७ अप्रिलसम्मको अवधिमा २९ वटा प्रेस स्वतन्त्रताको घटना भएको र त्यसबाट ८० जना सञ्चारकर्मी प्रभावित भएको जानकारी गराएको हो ।

गत वर्षको तुलनामा यस्ता घटनामा यस वर्ष केही कमी आएको छ । तथ्याङ्कअनुसार गत वर्ष ५९ वटा प्रेस स्वतन्त्रता विरोधी घटना भएका थिए ।

नेपाल पत्रकार महासङ्घ पूर्व अध्यक्ष धमेन्द्र झाले पत्रकारले राजनीतिक आस्थामा भन्दा व्यावसायिकतामा केन्द्रित नभएसम्म उनीहरुमाथि सुरक्षा चुनौती रहिरहने बताए ।

फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीले पत्रकारलाई व्यावसायिकतामा केन्द्रित भएर आफ्नो धर्म निभाउन आग्रह गरे ।

अन्तर्राष्ट्रिय प्रेस इन्स्टिच्युट नेपाल च्याप्टरका अध्यक्ष तारानाथ दाहालले लोकतान्त्रिक राज्यले प्रेस स्वतन्त्रता संरक्षणका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

चलचित्र निर्देशक गणेशदेव पाण्डेले नेपालमा प्रेस स्वतन्त्रताबारे संविधानमा लेखिएपनि सोही किसिमको अनुभूति हुन नसकेको बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस