टंकमणी शर्मा महालेखा परिक्षकमा सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टंकमणी शर्मा महालेखा परिक्षकमा सिफारिस


प्रशासन विशेष ब्युरो

२० बैशाख २०७४, बुधबार


काठमाडौं । वुधवार बसेको संवैधानिक परिषद्ले नेपाल सरकारका सचिव टंकमणि शर्मालाई महालेखा परिक्षकमा नियुक्तिको लागि सिफारिस गरेको छ ।

परिषद्को बुधबार साँझ बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत शर्माको नाम सिफारिस गरेको हो ।

भानु प्रसाद आचार्यको अनिवार्य अवकास पछि लामो समय देखि रिक्त रहेको महालेखा परिक्षकमा अनुभवी सचिव शर्मालाई सिफारिस गरिएको छ ।

सेवा प्रवाह र विकास निर्माणलाई चुस्त र प्रभावकारी वनाउन देशव्यापी अनुगमन अभियान शुरु गरेका शर्मासंग अर्थ मन्त्रालयको सह सचिवमा लामो अनुभव छ । आगामी भदौमा सेवा निवृत्त हुने क्रममा रहेका शर्माले सार्वजनिक खरिद अनुगमन, सामान्य प्रशासन मन्त्रालयमा रहेर सचिवको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

संसदीय सुनुवाई पछि शर्मालाई राष्ट्रपतिवाट महालेखा परिक्षकमा नियुक्त गरिने संवैधानिक प्रावधान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस