नेपाली सेनाद्वारा बम निष्क्रिय « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नेपाली सेनाद्वारा बम निष्क्रिय


१९ बैशाख २०७४, मंगलबार


धनगढी । कैलाली जिल्लाको मध्यक्षेत्रमा रहेको साबिक पहलमानपुर गाविसको आम्बासामा फेला परेको बम नेपाली सेनाको टोलीले सोमबार निष्क्रिय पारेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख अर्जुन चन्दले बोराडाँडी ब्यारेकबाट गएको टोलीले उक्त बम निष्क्रिय पारेको बताए । जङ्गल छेउको खेतमा गाडिएको अवस्थामा फेला परेको उक्त बम द्वन्द्वकालमा छाडिएको हुनसक्ने आशङ्का गरिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस