२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो जेन कविता गोष्ठी सम्पन्न

अ+ अ-

काठमाडौँ । बेटर नेपाल अभियान र जरा फाउन्डेसनको आयोजनामा सोमबार पहिलो पटक ‘जेन कविता गोष्ठी’ सम्पन्न भएको छ ।

बौद्धधर्मको व्यावहारिक पक्ष अँगालेर आफ्नै ध्यान दृष्टि, निजी अनुभव, प्रकृतिको अवलोकन, समाजका दुःखसुख, आदिबाट जीवनको गहिरो दर्शनको खोजी गर्दै जीवन, जगत् मृत्यु, मोक्ष, ईश्वर, सत्य, शान्ति, सृष्टि र निर्वाणबारेका कवितात्मक अभिव्यक्ति नै जेन कविता हो ।

चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्ट, शङ्खमूलको सहयोगमा भएको सो कार्यक्रममा पुष्कर लोहनी, कृष्ण प्रसाईं, श्याम रिमाल, छविरमण सिलवाल, महेश पौडेल, अनिल खतिवडा, असिम सागर, दिवस थापा, महेश क्षितिज, देवेन्द्र केसी, सुवास सङ्गम, साइमन सहदेव, राजेन्द्र चापागाईँ, शारदा घिमिरे र रचना रच्चुले भिक्षु र बौद्धमार्गीको जीवन, प्रेम, पैसा, प्रकृति, यौन, फेसबुक र पुरानो पुस्ता, शान्ति आदि विषयमा कविता वाचन गर्नुभएको थियो ।

प्रसाईंका ‘नोट जतिसुकै झुत्रो होस् डस्टबिनमा कहिल्यै फालिँदैन’, पौडेलका ‘सियो सर्वा¬ङ्ग नाङ्गै छ, तर युगौँदेखि मानिसको लाज छोप्ने लुगा सिइरहेको छ निःशब्द’ जस्ता जेन कविता कार्यक्रममा रुचाइएका थिए ।

सो अवसरमा चारुमती बुद्धिस्ट मिसन नेपालका प्रमुख भिक्षु तपस्सी धम्मले जेन कविता नेपालबाटै विश्वमा फिँजिएको बताउँदै युवा पुस्तालाई ध्यान गर्नका लागि आह्वान गरे । अर्घाखाँचीका शिक्षक (६४वर्षीय, ११ केजी)ले जन्म र मरणको बीचमा देश र समाजका लागि केही गर्नुपर्ने बताउँदै अपाङ्गता भएकाहरुलाई घृणा नगर्न आग्रह गरे ।

बेटर नेपालका सल्लाहकार तथा फाउन्डेसनका महासचिव महेश पौडेलले बौद्धशास्त्रहरुको तत्वज्ञानबाट हटेर आफ्नै सिर्जनाचक्षुले उद्घाटन गरेका जीवनका सत्यहरु अटाउने सूत्रात्मक कविता नै जेन कविता भएको स्पष्ट गर्नुभयो भने त्रिविबाट स्नातकोत्तर तहमा जेन कवितामा शोध गर्ने मञ्जु महर्जनले जेन कवितामा प्रेम अभिव्यक्त गर्दा आशक्ति हुन नहुने र विरोध गर्दा आक्रोश र हिंसात्मक हुन नहुने बताए ।

चैतन्य इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत गणेश जोशी र बेटर नेपालका रवीन खतिवडाले आगामी दिनमा जेन कविता गोष्ठीलाई निरन्तरता दिइने जानकारी दिए ।

पौडेललाई २५ लाखको घर

सोही अवसरमा फाउन्डेसनको पहलमा शिक्षक पौडेललाई सरकारले १० लाख आर्थिक सहयोग दिएको र २५ लाखको आवास बनाउँदै गरेको जानकारी दिइएको थियो । वि.सं. २०६८ मा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईंले पौडेललाई सहयोग गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस