२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दर्ता भएका १७७ वटा हतियार बुझाइएनन्

अ+ अ-

चितवन । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर सुरु भएको हतियार सङ्कलन अभियानअन्तर्गत चितवनमा तोकिएको समयभित्र जम्मा २९ जनाले मात्रै हतियार बुझाएका छन् ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार २७ वटा हतियार दर्तावाला रहेको र दुईवटा भने बिना दर्ताका भरुवा बन्दुक बुझाइएको छ ।

प्रहरीले दिएको समयसीमा यही वैशाख १५ गतेभित्र दर्ता भएका अन्य १७७ वटा हतियार भने बुझाइएको छैन ।

जिल्ला प्रशासन कार्यालय, चितवनमा कुल २०४ वटा हतियार दर्ता भएको तथ्याङ्क छ ।

“वैशाख १५ सम्म बुझाउने समय थियो, थापाले भने– आजदेखि निर्वाचन सुरक्षा योजनाअनुसार खानतलासी र कारबाही हुन्छ ।”

अन्य हतियार कहाँ गए भनेर खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । जिल्लामा दर्ता भएका २०४ हतियारमध्ये ११५ वटा हतियारमात्रै नवीकरण भएको जिल्ला प्रशासन कार्यालय, चितवनका नायब सुब्बा हरिबाबु ढकालले जानकारी दिए ।

प्रहरीले गएको चैत महिनामा सूचना जारी गरी जिल्लामा अनुमति लिएका र नलिएका कुनै पनि हातहतियार र विस्फोटक पदार्थ बुझाउन निर्देशन दिएको थियो ।

निर्वाचन सुरक्षालाई मध्यनजर गरी हतियार बुझाउन भनिएको हो । तोकिएको समयभित्र नबुझाउनेलाई कानुनी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ । अन्य सम्भावित क्षेत्रको पहिचान गरी निगरानी बढाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस