आगलागी हुँदा चार बस जलेर नष्ट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आगलागी हुँदा चार बस जलेर नष्ट


१५ बैशाख २०७४, शुक्रबार


पर्सा । विद्युत् प्रवाह हुँदा वीरगन्ज उपमहानगरपालिका अस्थायी प्रहरी चौकी बसपार्कस्थित रहेको नन्दी गाडी ग्यारेजमा आगलागी हुँदा चार बस जलेर नष्ट भएका छन् ।

राखिएका तीन नयाँ बस र एउटा पुरानो बसमा आगलागीमा परेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिए ।

बारा र पर्साबाट आएको वारुण यन्त्र र स्थानीय प्रहरी प्रशासनको सहयोगमा करिब दुई घन्टापछि आगो नियन्यत्रणमा लिन सफल भएको स्थानीय बासिन्दा विनोद साहले बताए ।

वीरगन्ज उपमहानगरपलिकामा तीन वारुण यन्त्र भए पनि आगलागी हुँदा एक वटा मात्र बारुण यन्त्र आएको हुनाले आगो नियन्त्रण गर्नमा ढिलाइ भएको हुँदा स्थानीय बासिन्दा आक्रोशित भएका छन् । आगलागी के कारणले भएको हो भन्ने थाहा हुन सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस