आगलागीबाट पन्ध्र लाखको क्षति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आगलागीबाट पन्ध्र लाखको क्षति


१३ बैशाख २०७४, बुधबार


सप्तरी । सप्तरीको हनुमाननगर–कङ्कालिनीमाई नगरपालिका–४ माधवापुरमा आज आगलागी हुँदा करिब १५ लाख बरारबको क्षति भएको छ ।

स्थानीय नवीन झाको घरमा गहुँमा ‘थ्रेसर’ लगाउने क्रममा उनको र छिमेकी भगवती झाको दुई वटा घरमा आगो लागेको थियो । आगलागीबाट घरभित्र रहेका सम्पूर्ण सरसामान जलेर नष्ट हुँदा उक्त परिमाणको क्षति भएको इप्रका भारदहले जनाएको छ । आगो प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस