२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोहीको आक्रमणमा परेका अर्जुनलाई थप सहयोग

अ+ अ-

चितवन । चितवनको राप्ती नदीमा पौडी खेल्ने क्रममा गोहीले चपाएर पनि बाँच्न सफल १२ वर्षीय बालक अर्जुन हरिजनको उपचारका लागि थप एक लाख ३४ हजार सहयोग प्राप्त भएको छ । आजसम्ममा कुल तीन लाख ५० हजारभन्दा बढी रकम सङ्कलन भइसकेको छ ।

राससमा ‘गोहीले चपाएर पनि बाँचे अर्जुन’ शीर्षकमा समाचार बाहिर आएपछि उनको उपचारका लागि देश र विदेशमा बस्ने नेपालीबाट यसरी सहयोग प्राप्त भएको हो । उनको सहयोग अभियानका अभियन्ता विकास पाठकका अनुसार पछिल्लो पटक चितवन समाज इजरायलबाट ५१ हजार तथा चितवन समाज युएईबाट ३३ हजार पाँचसय रकम प्राप्त भएको छ ।

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको पहलमा उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले आज जानकारी दिए । यस्तै, ब्रदर्स नेपाल र हाम्रो जगतपुरको पहलमा सोही अभियानमा लागेका स्थानीयवासी कृष्ण शर्मामार्फत आज ५० हजार आर्थिक सङ्कलन भएको छ ।

यसअघि उनको उपचारका लागि करिब दुई लाख ३० हजारभन्दा बढी सङ्कलन गरिसकिएको छ । आजसम्म उनको उपचारका लागि साढे तीन लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन भइसकेको अभियन्ता विकास पाठकले जानकारी दिए ।

सङ्कलित रकममध्ये ४९ हजार अस्पतालमा बुझाएको र एक लाख २९ हजार परिवारको नाममा खोलिएको बैंक खातामा राखिएको छ । जम्मा भएको बाँकी रकम पनि आजै बैंकमा राखिने पाठकले बताए । अझै अस्पतालमा तिर्न बाँकी रहेको ऋण खोजेर ल्याएको रकम फिर्ता गरेपछि रकम बाँकी रहेमा उनको शिक्षामा खर्च गरिने पाठकले बताए । हालका लागि भने आर्थिक सङ्कलन अभियान स्थगित गरिएको छ ।

यसअघि उनको उपचारका लागि अमेरिकामा बस्दै आएका तनहुँ निवासी ध्रुवराज गिरीले ५१ हजार, चितवन सेवा समाज बहराइनबाट ३५ हजार ५००, दुबईमा रहनुभएका दिलीप विश्वकर्माको अगुवाइमा ५१ हजार तथा विभिन्न सङ्घसंस्था र व्यक्तिले सहयोग गरेका थिए ।

फेसबुक अभियान ‘हाम्रो जगतपुर’ र ‘हाम्रो पटिहानी, राम्रो पटिहानी’ले समेत सहयोग जुटाइरहेको छ । गत चैत २५ गते भरतपुर महानगरपालिका २३ जगतपुर घैलाघारीका बालक अर्जुनलाई साथीसँग पौडी खेल्ने क्रममा राप्ती नदीमा गोहीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस