असिनाले बारामा करोडौं मूल्यको गहुँ बालीमा क्षति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

असिनाले बारामा करोडौं मूल्यको गहुँ बालीमा क्षति


१२ बैशाख २०७४, मंगलबार


वीरगन्ज । वैशाखको पहिलो साता आएको असिनाबाट बारामा ७० करोड रुपैयाँ मूल्य बराबरको गहुँ बाली क्षति भएको छ ।

जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार असिनाबाट जिल्लाको करिब १५ वटा गाविसमा लगाएको गहुँ बालीमध्ये ७० करोड मूल्य बराबरको २४ हजार ७३१ मेट्रिकटन गहुँ बाली क्षति भएको हो ।

जिल्लामा यसवर्ष किसानले २८ हेक्टर ९०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरेकोमा वैशाखको पहिलो साता आएको असिनाबाट जिल्लामा ३० प्रतिशत गहुँ बाली क्षति भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरतन साहले जानकारी दिए ।

यसैगरी, असिनाबाट बारा जिल्लामा दलहन बाली ५० प्रतिशत, तरकारी बाली २५ प्रतिशत र हिउँदे मकै बाली २० प्रतिशत क्षति भएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस