‘न्यायाधीशको प्रमाणपत्र सुरक्षित’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘न्यायाधीशको प्रमाणपत्र सुरक्षित’


१२ बैशाख २०७४, मंगलबार


काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश एवम् परिषद्का सदस्य गोपाल पराजुलीको सबै शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपि सुरक्षित रहेको जनाएको छ ।

परिषद् सचिवालयका प्रवक्ता निर्मला पौडेलले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमा सो सम्बन्धमा परिषद्मै नबुझी समाचार आएकाप्रति असन्तोष व्यक्त गरिएको छ ।

विज्ञिप्तमा भनिएको छ, “न्यायाधीशको व्यक्तिगत अभिलेख राख्ने न्याय परिषद् सचिवालय हो, सचिवालयको कुनै आधिकारिक व्यक्तिलाई सम्पर्क नगरी समाचार तयार पारेको हँदा समाचारमा कुनै सत्यता नभएको हुँदा यसबाट भ्रममा नपर्न सबैलाई जानकारी गराउछौँ ।”

आगामी दिनमा न्यायालय, न्यायाधीश, स्वतन्त्र न्यायपालिकामा आँच आउने र न्याय सम्पादनको कार्यमा नै गम्भीर असर पर्ने गरी यस्ता समाचार प्रकाशन नगर्न र समाचार प्रकाशन गर्नुपूर्व सचिवालयसँग सम्पर्क गरेर मात्र सत्य समाचार सम्प्रेषण गर्न परिषद्ले अनुरोध गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस