दश हजार क्विन्टल चामल माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दश हजार क्विन्टल चामल माग


११ बैशाख २०७४, सोमबार


हुम्ला । खाद्यान्न ढुवानी गर्न वैकल्पिक व्यवस्था नहुँदा यहाँका बासिन्दा बर्सेनि महँगो मूल्यमा खाद्यान्न खरिद गर्न बाध्य छन् ।

हवाइजहाजबाट ढुवानी गरी जिल्लामा बिक्री गर्दा अहिले ३० केजी चामललाई चार हजार ५०० सम्म तिर्नुपरेको छ ।

यसैबीच नेपाल खाद्य व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रजिअ धनप्रसाद शर्मा पौडेलको अध्यक्षतामा आज बसेको बैठकले सिमीकोट डिपोमा एक हजार क्विन्टल, सर्केगाड डिपोमा छ हजार क्विन्टल र श्रीनगरमा तीन हजार क्विन्टल चामल माग गर्ने निर्णय गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस