२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनः निर्माणको पर्खाइमा स्वास्थ्य संस्था

अ+ अ-

काठमाडौँ । दुई वर्षअघि गएको भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संस्था जग्गा, स्थानीय विवादलगायत कारणले पुनःनिर्माण हुन सकेका छैनन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अधिकांश स्वास्थ्य संस्थाको आफ्नै भवन नभएकाले भूकम्पले क्षति पु¥याएपछि भने जग्गा विवाद हुँदा समयमै पुनःनिर्माण गर्न ढिलाइ भएको हो ।

मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक रमेश अधिकारीले सरकारले जग्गा विवाद, समयमै बजेटको निकासा नहुनु, ठेकेदारको ढिलाइजस्ता कारणले पनि समयमै पुनःनिमार्णको काम हुन नसकेको बताए ।

‘‘धेरै स्वास्थ्य संस्थाको आफ्नो भवन छैन । सरकारले आफैँ जग्गा किन्ने पोलिसी नभएकाले पनि समस्या छ । अर्को ढिलाइको प्रमुख कारण मन्त्रालयको आफ्नो इन्जिनियरिङ्गङ युनिट नभएकाले निर्माणमा समस्या छ’’ – अधिकारीले भने।

आगामी आर्थिक बर्षमा ९६ स्थायी भवन बनाउनुपर्नेछ तर आवश्यक बजेट नभएको उनको भनाइ छ ।

मन्त्रालयले केही समयअघि १७ जिल्लामा गरेको विस्तृत क्षतिका सर्वेका आधारमा समेत ११४ वटा स्वास्थ्य संस्थाको आफ्नो जग्गा र भवन छैन ।

दुई वर्षको अवधिमा भूकम्पले पूर्ण क्षतिग्रस्त ३७२ मध्यपूर्ण १४ जिल्लाका दुई सय स्वास्थ्यसंस्थाको प्रिफेभ (अस्थायी) पुनःनिर्माण भई हन्तान्तरण भइसकेको मन्त्रालयले जनाएको छ । बाँकी स्वास्थ्य संस्थाको निर्माण भने यही असार मसान्तभित्र सक्ने भए पनि त्यो लक्ष्य पूरा गर्न सजिलो देखिँदैन ।

आगामी आर्थिक बर्षमा ९६ स्थायी भवन बनाउनुपर्नेछ तर आवश्यक बजेट नभएको उनको भनाइ छ ।

भूकम्प अतिप्रभावित १४ जिल्लाका ८९६ स्वास्थ्य संस्थामध्ये पूर्णरुपमा क्षति ३७२ स्वास्थ्य संस्था (जिल्ला अस्पताल, स्वास्थ्य चौकी गरी) थिए ।

एक सय ४४ स्वास्थ्य संस्थामा आंशिक र १५७ मा (जिल्ला अस्पताल, स्वास्थ्य चौकी गरी) सामान्य क्षति पुगेको स्वास्थ्य अधिकारीले जानकारी दिए ।

अतिप्रभावित जिल्लाहरुमा तत्काल स्वास्थ्य सेवा प्रभावकारी बनाउने उद्देश्यले नेपाल सरकारले विभिन्न दातृनिकाय संस्थासँग समन्वय गरी अस्थायी प्रिफेव भवन र स्थायी निर्माण सुरु गरेको थियो ।

स्वास्थ्य संस्थाहरु गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु र ओखलढुङ्गामा दुई सय अस्थायी प्रिफेव भवन बनिसके पनि अझै एक सय भवन बन्न बाँकी नै छन् ।

सरकारले करिब सात अर्ब बराबरको विभिन्न दातृसंस्थासँग स्वास्थ्यसंस्था पुनःनिर्माणका लागि सम्झौता गरेको छ ।

दातृनिकाय संस्था केएफडब्लुको सहयोगमा गोरखा, रसुवा, दोलखा, रामेछाप गरी चारवटा स्थायी जिल्ला अस्पताल र जाइकाको सहयोगमा गोरखामा एक जिल्ला अस्पताल, काठमाडौँमा वीर अस्पताल र प्रसूति गृह केन्द्रीय अस्पताल निर्माणका लागि प्रारम्भिक काम सुरु भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले करिब सात अर्ब बराबरको विभिन्न दातृसंस्थासँग स्वास्थ्यसंस्था पुनःनिर्माणका लागि सम्झौता गरेको छ ।

त्यसमा कोरियन सहयोग संस्था कोइका, जापान सहयोग संस्था जाइका र जर्मनी वित्तीय संस्था केएफडब्लुको स्रोत सोझै भुक्तानी हुनेछ भने मन्त्रालयलाई युरोपियन युनियनका तर्फबाट ५० करोड खर्च गर्ने अख्तियारी प्राप्त भएको पुनःनिर्माणका लागि प्रमुख जनस्वास्थ्य प्रशासक अधिकारीले जानकारी दिए ।

बनेका सबै संरचना अस्थायी र दातृ निकायको सहयोगमा निर्माण भएका हुन् । सरकारले चालु आव २०७३/७४ का लागि बजेटमा तीन अर्ब छुट्याइए पनि यो बजेट पर्याप्त नभएको अधिकारीको भनाइ छ ।

विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए) अन्तर्गत भूकम्प ३१ जिल्लाका करिब ८८० भन्दा बढी स्वास्थ्य स्ंस्थाकाको स्याथी पुनः निर्माण, आवश्यक चिकित्सकीय उपकरण, फर्निचर तथा सामग्री उपलब्ध गराउन आगामी पाँच वर्षका लागि मात्र १७.४९ अर्ब र पोषणको क्षेत्रको सुधारका लागि करिब ७.४ अर्बको प्रस्तावना प्रस्तुत गरिएको छ ।

पिडिएनए र मन्त्रालयलाई प्राप्त आवको प्राप्त बजेट सीमाबीच ठूलो अन्तर रहेकाले यस आधारमा क्षतिग्रस्त स्वास्थ्य संस्थाको पुनःनिर्माण गर्न वर्षौं लाग्ने मन्त्रालयको भनाइ छ ।

विसं २०७२ वैशाख १२ र २९ गते गएको महाविनाशकारी भूकम्पमा करिब नौ हजार व्यक्तिले ज्यान गुमाएका थिए भने झन्डै २२ हजार व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस