‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ चार श्रष्टालाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ चार श्रष्टालाई


११ बैशाख २०७४, सोमबार


काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो सातौं वार्षिक उत्सवको अवसरमा ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ चार जना स्रष्टालाई प्रदान गर्ने घोषणा गरेको छ ।

नाट्य विधा तर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७३’ नाटककार तथा रङ्गकर्मी अशेष मल्ललाई प्रदान गरिने भएको छ भने सङ्गीत तर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७३’ वरिष्ठ गायक तथा सङ्गीतकार नारायणभक्त श्रेष्ठ (रायन) लाई प्रदान गरिने भएको छ । प्रतिष्ठानले नृत्य तर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७३’ वरिष्ठ नृत्यकार एवम् नृत्य निर्देशक राधेश्याम प्रधानलाई र लोक गीत तर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७३’ गायीका चन्द्रकला शाहलाई प्रदान गरिने भएको जनाएको छ ।

प्रतिष्ठानले विभिन्न चार विधामा सो पुरस्कार प्रदान गर्दै आइरहेको छ । सङ्गीत, नाट्य, नृत्य र लोक सङ्गीत–नाट्य विधाहरुमा प्रदान गरिने पुरस्कारको राशी जनही एक लाख एक रुपैयाँ र ताम्रपत्र रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस