थाहा नगरपालिकामा माओवादीद्वारा प्रमुख र उपप्रमुखमा उम्मेदवार सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थाहा नगरपालिकामा माओवादीद्वारा प्रमुख र उपप्रमुखमा उम्मेदवार सिफारिस


११ बैशाख २०७४, सोमबार


हेटौँडा । नेकपा माओवादी केन्द्रले थाहा नगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाएको छ । बैठकले प्रमुखमा पार्टीका केन्द्रीय सदस्य लवशेर विष्ट र उपप्रमुखमा जिल्ला सदस्य शकुन्तला गोपालीको नाम सिफारिस गरेको जिल्ला संयोजक प्रेमबहादुर पुलामीले जानकारी दिए ।

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जन्मथलो रहेको यस नगरमा सबै ठूला तीनवटै दलले आफ्नो जित हुने विश्लेषण गरिरहेका छन् तर हालसम्म नेपाली काँग्रेस र नेकपा एमालेलगायत अन्य दलले भने उम्मेदवार घोषणा गरेका छैनन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस