सरकारी जागिर छोडेर गाईपालन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सरकारी जागिर छोडेर गाईपालन


११ बैशाख २०७४, सोमबार


कृत्रीम गर्भाधान

मोरङ । सरकारी नोकरी कसलाई खान मन हुँदैन र ? तर त्यो जवाफ मोरङको मधुमल्ला गाविसका एक शिक्षक कृष्ण आचार्यको सवालमा गलत हुनसक्छ ।

माध्यमिक तहमा १२ वर्षसम्म नेपाली विषय अध्यापन गराइरहेका मधुमल्ला–९ का कृष्ण आचार्य सरकारी जागिर छोडेर गाईपालन गरिरहेका छन् ।

सरकारले पशुपालन गर्ने किसानलाई अनुदान दिन थालेपछि आचार्यलाई पशुपालन गरिरहँदा थप प्रोत्साहन मिलेको छ । उनका अनुसार १२ वर्ष काम गर्दा ३६ वर्षीय आचार्यलाई सरकारी जागिरबाट सामान्य तलव मात्र प्राप्त भयो । उनी भन्छन्, “विद्यार्थीलाई पढायो, घर फक्र्यो हैरान ।”

सरकारी जागिरको दैनिकीबाट मान र सान प्राप्त गर्न नसकेपछि आचार्यले २०७० देखि २४ हजार ४०० तलब आउने जागिरबाट राजीनामा दिएर गाईको पालन थालेको बताए । गाईपालन सुरु गरेका दिनमा उनीलाई घाँसपानी, कुडो खोले गर्न धेरै गाह्रो भयो । पत्नी अम्बिका र परिवारका सबै सदस्यको साथ पाएपछि आचार्यले तीन वर्ष नपुग्दै आफ्नो गोठलाई आकृति कृषि फारममा बदल्न सफल भए ।

अहिले दैनिक ८०\९० लिटर दूध उत्पादन गर्दै आएका आचार्य १५\२० लिटर दूध गाउँ मै बेन्छन् । बाँकी पथरी र उर्लाबारीका डेरी उद्योगमा बिक्री गर्छन् । दैनिक चार हजारको दूध बेच्छन् । यतिखेर खर्च कटाएर मासिक ७५ देखि ८० हजार बचत हुने गरेको आचार्यको भनाइ छ । उनको गोठमा अहिले नौ वटा दुहुना गाई, १३ वटा ब्याउने गाई, सात वटा बाछाबाछी छन् ।

प्रत्येक चार महिनामा छ ट्र्याक्टर गोबर बिक्री गर्दै आएका आचार्यले प्रतिट्र्याक्टर तीन हजारका दरले गोबर मल बेच्ने गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस