२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आक्रमणमा परी सात यमनी सैनिकको मृत्यु

अ+ अ-

एडेन । दक्षिणी येमनको बन्दरगाह नगर एडेनमा आइतवार बिस्फोटक पदार्थ र बारुदी सुरुङ्गका सामाग्रीहरू बोकेको एक सैनिक ट्रकमा दुर्भाग्यपूर्ण विस्फोटन हुँदा दुर्घटनामा परी सातजना सैनिकको तत्कालै मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको सरकारी आकस्मिक तथा स्वास्थ्य विभागका अधिकारीहरूले जनाएका छन् ।

मध्य एडेनको जबाल हदिदमा अवस्थित सैनिक शिविर परिसरमा उक्त विस्फोटक पदार्थ र बारुदी सुरुङ्गका सामग्रीहरू ट्रकबाट झार्ने क्रममा सो अकल्पनीय दुर्घटना हुन पुगेको जनाइएको र स्थानीय अस्पतालका एकजना स्वास्थ्यकर्मीले हताहतीको सङ्ख्या पुष्टि गरेका हुन् ।

साउदी अरेबियाको समर्थन रहेको संयुक्त सरकारी बलले यमनको बन्दरगाह नगर एडेनलगायत चार वटा प्रान्तबाट सशस्त्र विद्रोहीहरूलाई सन् २०१५ को गृष्मतिर लखेटेपछि हाल एडेन नगर यमनको अस्थायी राजधानीको रूपमा परिचित छ ।

यमनको राज्यसञ्चालनका सबैजसो काम कारबाही यहीँबाटै हुने गरेको छ ।

यमनको खास राजधानी साना अझैसम्म पनि हुथी बिद्रोहीको कब्जामै छ । सन् २०१४ को सेप्टेम्बरदेखि हुथी बिद्रोहीहरूले कब्जा लिएका सानालाई यमन सरकारले हालसम्म मुक्त गर्न नसकेको जनाइन्छ ।

त्यस्तै, यमन सरकार र त्यहाँका बिद्रोही समूहबीच चलिरहेको लामो द्वन्दबाट उत्पन्न राजनीतिक रिक्तताबाट अल–कायदा सशस्त्र आतङ्ककारीका जिहादी समूह र अर्को सशस्त्र आतङ्ककारी इस्लामिक स्टेट्स समूहले भरपूर फाइदा उठाइ रहेका छन् ।

यस द्वन्द्वले गर्दा यमनलाई उनीहरूले आफ्नो सुरक्षित क्रिडास्थल बनाउने मौका पाइरहेका छन् र पूर्वी तथा दक्षिणी यमनलाई ढुक्कसँग नियन्त्रणमा लिई रजाइँ चलाइरहेको जनाइएको छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस