माओवादी केन्द्रद्वारा सरकार र गठबन्धनबीच भएको सहमतिको प्रस्ताव अनुमोदन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

माओवादी केन्द्रद्वारा सरकार र गठबन्धनबीच भएको सहमतिको प्रस्ताव अनुमोदन


१० बैशाख २०७४, आइतबार


काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार र सङ्घीय गठबन्धन बीच शनिबार भएको सहमतिलाई अनुमोदन गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार बिहान बसेको केन्द्रीय कार्यालयको बैठकले सरकार र गठबन्धन बीच भएको सहमतिको प्रस्तावलाई अनुमोदन गरेको हो । दाहालले सङ्घीय गठबन्धन र मधेशी मोर्चाका नेताहरुसँग भएको सहमतिबारे बैठकमा नेताहरुलाई जानकारी गराएका थिए ।

दाहलले सबै राजनीतिक दलहरु निर्वाचनमा आउने वातावरण बन्नु देशकै लागि खुसीको कुरा भएको भन्दै अब सम्पूर्ण रुपले निर्वाचनमा होमिन नेताहरुलाई निर्देशन दिएका थिए । बैठकले सरकार र सङ्घीय गठबन्धन बीच भएको सहमतिलाई अक्षरंश कार्यान्वयन गर्न पार्टीको तर्फबाट आवश्यक पहल गर्ने निर्णय समेत गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस