सीता एयरको विमान दुर्घटनाबाट जोगियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सीता एयरको विमान दुर्घटनाबाट जोगियो


१० बैशाख २०७४, आइतबार


सोलुखुम्बु । सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो ।

आइतवार बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको तर अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । विमानमा चालक दलका तीन सदस्यसहित १७ यात्रु सवार थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस