२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनः निर्माणमा पर्म विधि प्रभावकारी बन्दै

अ+ अ-

नुवाकोट । पुनः निर्माणमा श्रम आदानप्रदान (पर्म) विधि कति प्रभावकारी हुँदोरहेछ भन्ने जीवन्त र सशक्त उदाहरण किस्पाङ गाउँपालिकाअन्तर्गतका काउले र भाल्चेका भूकम्पपीडितले प्रस्तुत गरिरहेका छन् ।

यी दुई गाउँका बासिन्दाले भूकम्पपछि निजी घर आवास बनाउन हराउँदै र मासिँदै गएको पर्म विधिलाई सशक्त रुपमा ब्यूँताउँदा अन्यका लागि प्रेरणासमेत बन्न पुगेको छ । उसो त ‘महिलाले घर बनाउन हुँदैन’ भन्ने परम्परागत मान्यतालाई यहाँका महिलाले अन्त्य गर्दै महिलाको मात्र छुट्टै समूह गठन गरी सामूहिक रुपमा पर्म विधिद्वारा धमाधम घर निर्माण, आय आर्जन र जीविकोपार्जनका अन्य विविध कामसमेत गरिरहेका छन् ।

घडेरी सम्याउने, जग खन्ने, निर्माणका लागि आवश्यक सामग्री निर्माणस्थलसम्म जम्मा गर्नेदेखि लिएर दक्ष डकर्मीलाई आवश्यक पर्ने सहयोग गर्ने काम महिलाले यहाँ गरिरहेका छन् । काउले वडा नं. ३ मा गठित महिला समूहकी ४५ वर्षीया सार्की तामाङले भने– “समूहमा बसेर यति छिटो घरको छाना हाल्ने दिन आउँछ भन्ने लागेकै थिएन ।” उनी एक्लै भएपनि पर्म लगाएर समूहले बनाएको घरको छाना हाल्न मात्र बाँकी रहेको छ ।

उनका दुई छोरा घर बाहिर छन् । बूढा अशक्त छन् । गाउँमा आवास निर्माण समूह गठन पर्दा उनी समूहमा आबद्ध भइन् । काउलेमा निजी आवास निर्माण गर्न गठन भएका आठवटा समूहमध्ये तीनवटा समूह त महिलाका मात्र रहेका छन् । समूहमा आबद्ध सबैले पर्मद्वारा धमाधम दिनरात, घाम पानी नभनी ‘आफ्नो लागि आफ्नाले’ नै घर बनाइरहेका छन् ।

यसैगरी भाल्चेमा पनि निजी आवास निर्माण गर्न सातवटा समूह सक्रिय रहेको छन् । ती समूहमा रहेका सबैले नै पर्मद्वारा नै आवास निर्माणमा जुटिरहेका छन् । उसो त नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत अमेरिकन रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा ती दुई गाउँका एक हजार ९५८ निजी आवास निर्माण, जीविकोपार्जनलगायत अन्य आय आर्जन बढाउन उनीहरुलाई आर्थिक एवम् प्राविधिक सहायता प्रदान गरिरहेको छ ।

भूकम्प प्रतिकार्य कार्यक्रम, नुवाकोट जिल्ला कार्यक्रम संयोजक शारदा खतिवडाका अनुसार हाल ती दुई गाउँका अधिकांशले पहिलो किस्ताबापतको रकम प्राप्त गरिसकेका छन् । डिपिसीसम्म सम्पन्न ४३० लाभग्राहीमध्ये २४४ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम बुझिसकेका र बाँकीको प्राविधिक अनुगमनका साथ घर बनाउन तीव्रता दिइरहेका छन् ।

समाजशास्त्रीसमेत रहेका खतिवडा पर्म प्रणालीले सामाजिक एकता र सहिष्णुतालाई बलियो बनाउँदै विपद्का समयमा समुदाय एकजुट भई सामना गर्ने, धैर्य धारण गर्ने र पुनःनिर्माणमा एकजुट हुन प्रेरित बनाउने हुँदा यसप्रति समाजलाई थप उत्साहित, जागरुक बनाउने बताउछन् ।

 

सात हजार निजी आवास निर्माणमा तीव्रता

सोसाइटीले भूकम्पबाट अति प्रभावित १४ जिल्लाहरु गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, ओखलढुङ्गा र रामेछापमा विभिन्न देशका रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा भूकम्प प्रतिकार्य कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

विपद्को सामना गर्न सक्नेगरी समुदायको क्षमता विकास गराउने, विपन्न तथा सङ्कटापन्न समुदायलाई मानवीय सहायताको उपलब्ध गराई पुनः पहिलेकै सुरक्षित अवस्थामा पु¥याउने सो कार्यक्रमको मुख्य ध्येय रहेको कार्यक्रमका केन्द्रीय संयोजक उमेश ढकालले जानकारी दिए ।

सो कार्यक्रम विशेष गरी अति विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक एवम् सामाजिक जीवनस्तर माथि उठाउन टेवा पु¥याउन छवटा विषयगत क्षेत्र आवास निर्माण, खानेपानी, सरसफाइ तथा स्वच्छता, स्वास्थ्य, जीविकोपार्जनका साथमा नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को संस्थागत विकास गर्न कार्यक्रम केन्द्रित रहेको छ ।

हाल सो कार्यक्रमले ओखलढुङ्गाको हर्कपुर गाविसमा ३२७ र प्राप्चा गाविसमा १९३, रामेछापको रामपुर गाविसमा ६४३, मन्थली दुईमा ४२६, सिन्धुलीको शीतलपाटी गाविसमा ८८० मा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घको आर्थिक एवम् प्राविधिक सहयोगमा आवास निर्माणमा सहयोग गरिरहेको संयोजक ढकालले बताउनुहुन्छ ।

यसैगरी सोसाइटीले जापानिज रेडक्रस सोसाइटीको आर्थिक एवम् प्राविधिक सहयोगमा सिन्धुपाल्चोकको थाम्पालकोटमा ६८३, थाम्पाल धापमा ८१०, अमेरिकन रेडक्रस सोसाइटीको आर्थिक एवम् प्राविधिक सहयोगमा नुवाकोटको काउले ९५३, भाल्चेमा एक हजार पाँच, रसुवाको ठूलोगाउँमा ४४३ र मकवानपुरको गोगनेमा ६३७ भूकम्पपीडितलाई आवास निर्माणमा सहयोग गरिरहेको छ ।

कार्यक्रमले अतिप्रभावित १४ वटै जिल्लाका चार हजार २०० जनालाई भूकम्प प्रतिरोधी घर बनाउन डकर्मी तालिम प्रदान गरिसकेको छ । यस्ता डकर्मी हाल निर्माणमा जुटिरहेका छन् । करिब ४४ हजार व्यक्तिलाई सुरक्षित रुपमा आवास निर्माण कसरी गर्ने भन्ने विषयमा प्राविधिक ज्ञान प्रदान गरिएको कार्यक्रम संयोजक ढकालले जानकारी दिए ।

 

स्वास्थ्य केन्द्र निर्माण हुँदै

अर्कोतर्फ भूकम्पले क्षति पु¥याएका स्वास्थ्य संस्थाको पुनःनिर्माणमा सोसाइटीले सहयोग गरिरहेको छ । भूकम्प प्रतिकार्य कार्यक्रमका स्वास्थ्य संयोजक डा मौसम बोहराका अनुसार भूकम्प अतिप्रभावित धादिङ, सिन्धुपाल्चोक र काभ्रे जिल्लाका विभिन्न २९ स्वास्थ्य चौकीका पुनःनिर्माण जारी रहेकामध्ये चारवटा सम्पन्न भइसकेका छन् । रसुवाको जिल्ला अस्पताल निर्माणाधीन रहेको छ ।

स्वास्थ्य संस्था भवन पुनःनिर्माण गरी सेवा सञ्चालन गर्न, स्वास्थ्य संस्थाको स्तरोन्नति, समुदायमा आधारित स्वास्थ्य प्रवद्र्धनको लागि प्राथमिक उपचार, पोषण, पूर्णखोप, सुरक्षित मातृत्व, स्वास्थ्य व्यवहार तालिम सञ्चालन एवम् मनोसामाजिक सहायता जारी रहेको उनले जानकारी दिए ।

यसैगरी सोही कार्यक्रमले भूकम्पले क्षतिग्रस्त खानेपानी आयोजनाहरुको पुनःनिर्माण, थप खानेपानी आयोजना सञ्चालन, खानेपानी उपभोक्ता समूहलाई आवश्यक तालिम, शौचालय पुनःनिर्माण, स्वच्छता प्रवद्र्धनसम्बन्धी गतिविधि सञ्चालन तथा खुलादिशामुक्त क्षेत्र घोषणा गर्ने सरकारको अभियानमा सहयोग गर्ने कार्य पनि अगाडि बढाइरहेको छ ।

जीविकोपार्जनअन्तर्गत कृषि तथा पशुपालनसम्बन्धी तालिम, पशु नश्ल सुधार, पशुधन बिमा प्रवद्र्धन, स्थानीय सीप, स्रोत साधनमा आधारित साना व्यवसाय सञ्चालन, स्थानीय बजारमा भएका गैरकृषि उत्पादन प्रवद्र्धन, सिँचाइ सुविधाजस्ता १५ हजारभन्दा बढी योजना १४ जिल्लामा सञ्चालनमा रहेका र यसले स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याएको कार्यक्रमका संयोजक ढकालले जानकारी दिए ।

नेपाल रेडक्रसलाई रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घको अगुवाइमा ५० भन्दा बढी देशका रेडक्रस सोसाइटी तथा दातृ निकायले साथ दिएका छन् । तीमध्ये अमेरिकन, अस्ट्रेलियन, बेल्जियम, ब्रिटिस, क्यानेडियन, डेनिस, जर्मन, जापानिज, कोरियन, नर्वेजियन, स्पेनिस, स्विस, कोरियन, मोनाको रेडक्रस सोसाइटी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस