काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो र दोस्रो चरणको निर्वाचन र त्यसको तयारीबारे निर्वाचन आयोगका आयुक्तहरुसँग परामर्श गरेका छन् ।
शनिबार सरकार र संघीय गठबन्धन बीच भएको सहमति कार्यान्वयन गर्ने क्रममा प्रधानमन्त्रीले निर्वाचन आयुक्तहरुसँग परामर्श गरेका हुन् । परामर्शपछि आजै बस्ने मन्त्रीपरिषदको बैठकले निर्वाचनबारे ठोस निर्णय गर्नेछ।