पन्ध्र दिनदेखि कार्की बेपत्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पन्ध्र दिनदेखि कार्की बेपत्ता


१० बैशाख २०७४, आइतबार


मेलम्ची । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१० बस्ने सहदेवकुमार कार्की १५ दिनदेखि बेपत्ता भएका छन् ।

विगत केही वर्षदेखि मानसिक सन्तुलन ठीक नभएका कार्की गत चैत २६ गतेबाट सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ ।

घरबाट मेलम्ची हुँदै काभ्रे जिल्लाको बनेपासम्म पुगेको र खोजखबर गर्दा कुनै पत्ता नलागेको छोरी कविता कार्कीले बताइन् ।

सामान्य मान्छेको भन्दा कपाल लामो भएको निलो रङको टिसर्ट लगाएका मानसिक अवस्था ठीक नभएका कार्कीलाई देखे वा फेला पारेमा ९८४३८२६०४८, ९८६०६१८९०७ वा निजको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।

चालीस वर्षीय कार्कीले विगत लामो समयदेखि मानसिक रोगको औषधि सेवन गर्दै आइरहेका थिए ।

इप्रका, मेलम्चीका प्रहरी नायब निरीक्षक नवराज ढुङ्गानाले उनको खाजी जारी रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस