१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरकारी खेतीको कमाइबाटै ६० लाखको घडेरी

अ+ अ-

पर्वत । पर्वतका एक युवाले तरकारीखेती र पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

पर्वतको जलजला गाउँपालिकास्थित साविक नाङलिवाङ– ९ फर्सेका राजन सापकोटाले गाउँमै सुरु गरेको तरकारीखेती र पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका हुन् ।

उनले व्यक्तिगत रुपमा सापकोटा पशुपालन तथा कृषि फर्म र तीन जना मिलेर धौलागिरि व्यावसायिक कृषि तथा पशुपालन फर्म सञ्चालनमा ल्याएपछि मासिक एक लाखभन्दा बढीको आम्दानी गर्न थालेका छन् ।

यो व्यवसायबाट भएको आम्दानीले बागलुङ बजारमा करिब ६० लाख मूल्य पर्ने घडेरी समेत किनिसकेका सापकोटाले एसएलसीसम्मको शिक्षा प्राप्त गरेका छन् । ‘पढेलेखेका साथी यहाँ रोजगारी नपाएर विदेसिएका छन्,’ उनले भने, ‘मैले सबै खर्च कटाएर मासिक एक लाखसम्म कमाउँछु ।’ यसैको आम्दानीले छोराछोरीलाई सुविधा सम्पन्न स्तरीय निजी विद्यालयमा पढाउने गरेको सापकोटाले बताए ।

यो व्यवसायबाट भएको आम्दानीले बागलुङ बजारमा करिब ६० लाख मूल्य पर्ने घडेरी समेत किनिसकेका सापकोटाले एसएलसीसम्मको शिक्षा प्राप्त गरेका छन्

‘आफूले छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएको छु,’ उनले भने, ‘धेरै नपढेकोमा पनि कुनै पछुतो छैन ।’ व्यक्तिगत फर्ममा करिब ३० लाख र सामूहिकमा २५ लाख लगानी गरेको उनी बताउछन् । १३ रोपनीमा व्यक्तिगत फर्म र १८ रोपनीमा सामूहिक फर्ममा सेयर लगानी गरेका सापकोटाले सिमी, काँक्रा, भेन्टा, खुर्सानी, बन्दा, बोडीलगायत विभिन्न मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् ।

उनले मौसमी भन्दा बेमौसमी तरकारी बढी फलाउने गरेका छन् । ‘बेमौसममा उत्पादन गर्दा धेरै मूल्य पाइन्छ,’ उनले भने, ‘सकेसम्म बेमौसमी तरकारी उत्पादन गर्छु ।’ यहाँ उत्पादन गरेको तरकारी बागलुङ, कुश्मा, बेनी, मुस्ताङ, पोखराको बजारमा बिक्री हुने गरेको छ । सापकोटाले उत्पादन गरेको तरकारी लैजान व्यापारी फर्ममै आउने गरेका छन् ।

यहाँ उत्पादन गरेको तरकारी बागलुङ, कुश्मा, बेनी, मुस्ताङ, पोखराको बजारमा बिक्री हुने गरेको छ ।

‘हामी जस्ता किसानलाई खाली जग्गा उपलब्ध गराए हुन्थ्यो,’ सापकोटाले भने– ‘सरकारले किसानका समस्यालाई प्राथमिकतामा नराख्नाले अपेक्षित उपलब्धि हुनसकेन ।’

नेपालमा उत्पादन गरेको तरकारी विदेश निर्यात गर्न सरकारी पहल हुनुपर्ने सापकोटाको भनाई छ । ‘यहाँ बिक्री नभए विदेश निर्यात गर्न सक्नुपर्छ,’ उनले भने, ‘बिक्री हुनेमा ढुक्क भए उत्पादन बढाउन सकिन्छ ।’

सापकोटालाई जिल्ला कृषि र व्यावसायिक कृषि आयोजनाले सघाएको छ । करिब १० लाख अनुदान सहयोग उपलब्ध गराएको आयोजना प्रमुख गोविन्दप्रसाद शर्माले बताए ।

सापकोटाले गरेको मेहनत निकै प्रशंसनीय रहेको जिल्ला कृषि विकास कार्यालय, पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । ‘व्यावसायिक तरकारी खेती र पशुपालन गर्ने सापकोटा जिल्लाकै नमुना किसान हुन,’ रेग्मीले भने, “सापकोटाले कृषिको सम्भावनालई राम्रोसँग उजागर गरेका छन् ।”

नमुना फर्म भएकाले विभिन्न ठाउँबाट किसान हेर्न आउने गरेका छन् । आउने किसानलाई प्रविधि र सीप सिकाउने गरेको अर्का किसान टीकाराम सापकोटाले बताए । रासस

प्रतिक्रिया दिनुहोस