२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाका प्रमुख नदीबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

अ+ अ-

काठमाडौँ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बाग्मती सफाइको २०६औँ हप्तामा सनिवार थापाथली पुलमा सफाइ गरी ११  मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बिहान सिमसिमे पानी परे पनि सफाइमा ६ सय ५० भन्दा बढीको सहभागिता जुटेको सफाइ अभियन्ता एवम् अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिए ।

सफाइमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश थपलियाले सफाइका सहभागीलाई शपथ खुवाउनुहुँदै बाग्मती सफाइ महाअभियानको ३००औँ हप्तासम्म सात सय ४४ वटै स्थानीय तहमा सफाइ अभियान सञ्चालन गरिने जानकारी गराए ।

बाग्मती सफाइ महाअभियानको २००औँ हप्ताका अवसरमा फागुन २८ गते शङ्खमूलमा आयोजित मूल कार्यक्रममा सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदीले जारी गरेको १० बुँदे घोषणापत्रबमोजिम शुक्रबार दिउँसो २ देखि ३ बजेसम्म ३१ वटै मन्त्रालयमा सफाइ सुरु गरिएको उनले बताए ।

विष्णुमती सफाइको १३७औँ हप्तामा सनिवार तारकेश्वर नगरपालिकाको घलेपुलमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

रुद्रमती सफाइको १६५औँ हप्तामा रातोपुलबाट सिफल हुँदै कालोपुल–सहिदमार्ग–ज्ञानेश्वरसम्म सफाइसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए । त्यस अवसरमा बाटाको फोहरसमेत सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । विष्णुमती सफाइको १३७औँ हप्तामा सनिवार तारकेश्वर नगरपालिकाको घलेपुलमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

यसैगरी गुह्येश्वरमाथिको बाग्मतीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजले गरेको १६७औँ हप्ताको सफाइमा पनि एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

तिलगङ्गा महिला समूहले पशुपति क्षेत्रमा गरेको ११४औँ हप्ताको सफाइमा पनि जनचेतनामूलक अभियानसहितको सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बाग्मती सफाइ महाअभियान २००औँ हप्तामा प्रवेश गरेको अवसरमा सरकारका मुख्यसचिव सुवेदीले जारी गरेको १० बुँदे घोषणापत्रबमोजिम गत हप्ता शनिबारदेखि घर टोल सफाइ अभियान चक्रपथको ग्रिन सिटी अस्पताल अघिबाट सुरु गरिएको थियो ।

सो अभियानअन्तर्गत सनिवार वसुन्धरामा भएको सफाइमा १६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सङ्घसंस्थाको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस